२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

एक वर्षदेखि बेखबर विपिन, रिहाइको पहल निष्प्रभावी

नेपालका विपिन जोशीको अवस्था एक वर्षदेखि अज्ञात अवस्थामै रहेको छ। इजरायलमाथि हमासले आक्रमण गरेको सोमबार एक वर्ष भएपनि विपिनको अवस्था भने अझैँ अज्ञात नै रहेको छ।

हालसम्म विपिनको वास्तविक अवस्था ज्ञात नभएपनि उनी हमासको नियन्त्रणमा रहेको इजरायल सरकारले दाबी गर्दै आएको छ। इजरायल सरकारको उक्त दाबीलाई नै आधार बनाएर नेपाल सरकारले विपिनको रिहाइका लागि पहल पनि  गरेको थियो, तर प्रभावकारी हुन नसक्दा उनी रिहा हुन सकेनन्। पहिलो चरणको युद्धबिरामका क्रममा हमासले अधिकांश बन्धकलाई छाडे पनि पर्याप्त कुटनीतिक पहलको अभावमा विपिन छुट्न सकेनन् । 

गत वर्षको अक्टोबरमा इजरायलमाथि हमासले आक्रमण गर्दा जोशी बेपत्ता भएका थिए भने १० जना नेपाली मारिएका थिए।

विपिनलाई हमासका व्यक्तिले लगेको त्यतिबेला इजरायलमा रहेको उनकै साथीहरूले पनि बताएका थिए। तर, पछिल्लो समय उनको रिहाइका लागि सरकारले प्रभावकारी पहल गर्न सकेको छैन भने इजरायल र हमासबीचको वार्ता पनि निष्कर्षविहीन हुँदा एक वर्षदेखि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। न, इजरायल सरकारले उनको रिहाइ वा अवस्थाबारे जानकारी जुटाउन सकेको छ।

तत्कालीन परराष्ट्रमन्त्री एनपी साउँद लगायत पछिल्ला मन्त्रीहरूले पनि विपिनको रिहाइका लागि पहल गर्ने बताएपनि उनको अवस्थाबारे कुनै ठोस जानकारी पत्ता लागेको छैन भने एक वर्षदेखि उनको परिवार पखाईमै छ।

गत वर्ष पनि छोराबिनै दसैँ मनाएको विपिनको परिवारले यसवर्ष पनि छोरा बिनैको दसैँ मनाउने भएको छ।  

प्रकाशित: २१ आश्विन २०८१ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App