१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

महोत्तरीमा बाढी हेर्न गएका एकजनाको मृत्यु

महोत्तरीमा बाढी हेर्न गएका थप एकजनाको मृत्यु भएको छ। बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए।

यसैबीच, सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साहको शनिवार खोलाले बगाउँदा मृत्यु भएको थियो भने र सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरिर्एको थियो। रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन्। रासस

प्रकाशित: १३ आश्विन २०८१ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App