१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

झ्याप्लेखोला पहिरोमा पुरिएको बसबाट थप ३ जनाको शव निकालियो

धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका बसबाट थप ३ जनाको शव निकालिएको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार काठमाडौंतर्फ आउँदै गरेको बसबाट थप ३ जनाको शव निकालिएको हो। नम्बर नखुलेको उक्त बस गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको आशङ्का गरिएको छ।

यसअघि, शनिवार पहिरोमा पुरिएको बस र माइक्रोबाट गरी १४ जनाको शव निकालिएको थियो।

अहिले पनि सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा उद्धार कार्य जारी छ। बस र माइक्रोमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन।

प्रकाशित: १३ आश्विन २०८१ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App