४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मन्त्री दाहाल र कलाकार आचार्यबीच छलफल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच बुधबार छलफल भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा उनीहरुबीच विकास निर्माण र सरकारका कामलाई कसरी जनमुखी तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो ।

भेटमा वरिष्ठ कलाकार आचार्यले नेपालमा भइरहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश हुने गरेको बताए । दिगो र स्थायी सरकारले मात्र नागरिकका निराशा चिर्न सक्ने उनको भनाइ थियो ।

छलफलका क्रममा वरिष्ठ कलाकार आचार्यले पनौती–नमोबुद्ध–दाप्चा सडक निर्माणका लागि आवश्यक बजेटको व्यस्था गरिदिन मन्त्री दाहाललाई आग्रह गरे।

मन्त्री दाहालले आवश्यकताका आधारमा स्रोत व्यवस्थापन गर्ने कुरालाई आफूले प्राथमिकता दिएको बताए।  

प्रकाशित: २ आश्विन २०८१ १५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App