३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा हर्षोल्लासका साथ मनाइयो मोहम्मद जयन्ती

पैगम्बर मोहम्मदको जन्मोत्सवका अवसरमा तौहिलवामा निकालिएको नेपाली र्‍याली। तस्बिर: किरणमान बज्राचार्य/नागरिक

मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९औं जन्मोत्सव कपिलवस्तुका मुस्लिम समुदायले धूमधामसँग मनाएका छन्।

दिवसका अवसरमा तौलिहवा, चन्द्रौटा, र कृष्णनगरमा विशेष नवाज पाठ र बृहत र्‍यालीको आयोजना गरिएको थियो। र्‍यालीमा हजारौं मुस्लिम धर्मावलम्बी सहभागी थिए। दिवसको अवसरमा सरकारले मुस्लिम समुदायलाई बिदा समेत दिएको थियो।

बाजागाजा सहित हजारौंको संख्यामा रहेका मुस्लिम धर्मावलम्बीले तौलिहवा नगरको परिक्रमाका क्रममा माहोम्मदको सम्झनामा नारा समेत लगाएका थिए।

इस्लाम धर्मको रक्षा, प्रचारप्रसार गरी विश्वभर फैलाएको माहोम्मदको सम्झनामा हरेक वर्ष सच्चा मुस्लिमले जन्मोत्सव मनाउने गरिएको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए।

उनको सम्झनामा बिशेषगरी विभिन्न ‘नअत सरिफ वाचन गर्ने, मिलादुननबिको आयोजना गर्ने, उनको जीवनीका कुराहरू गर्ने गरिन्छ। मुस्लिम अगुवाहरुले आफुहरुलाई समेत मधेसी समुदाय सरह छुट्टै समावेशी कोटा दिनु पर्ने माग गरेका थिए।

माहोम्मद र उनले दिएका योगदानको विषयमा मौलानाहरुले प्रवचन दिएका थिए। यसदिन सेवई, जर्दा, बिरयानी लगायतका परिकार खाएर रमाइलो गर्ने परम्परा रहेको मौलानाहरुले बताउँछन्। पर्वका अवसरमा मुसलमान समुदायले आआफ्नो इच्छाअनुसार दान दिने चलन छ।

हिजरी संवतको तेस्रो महिना रविउल्लअब्बलको १२ औं तारिख सोमबारको दिन मक्काएमा बिबि अमिनाको कोखबाट मोहोम्दको जन्म भएको थियो।

प्रकाशित: ३१ भाद्र २०८१ १८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App