२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सुन्दरहरैँचामा जंगली हात्तीले घर भत्कायो

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ कैरी टोलमा जंगल हात्तीले एउटा घर शनिवार राति भत्काइदिएको छ।

रहरमान राईको इँटाको घेराबारा र टिनको छानो भएको १ तले घर राति साढे ११ बजेतिर आएको हात्तीले भत्काइदिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हात्तीले राईको घरको पूर्वतर्फको भाग भत्काएर क्षति पु¥याएको हो। हात्तीको आक्रमणबाट मानवीय क्षति नभई भौतिक क्षति मात्रै भएको छ।

बस्ति नजिक रहेको जंगलमा शनिवार राति साढे ११ बजेतिर ६÷७ वटाको संख्यामा हात्ती देखा परेका थिए। त्यही हात्तीको बथानले गाउँ छिरेर घर भत्काइदिँदा ६० हजार मूल्य बराबरको क्षति भएको छ। प्रहरी, वन कर्मचारी र स्थानीयले हात्तीलाई राति १२ बजेतिर जंगलतर्फ धपाइएको प्रहरीले जनाएको छ।  

प्रकाशित: ३० भाद्र २०८१ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App