२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङमा लागुऔषधसहित तीनजना पक्राउ

ताप्लेजुङमा लागुऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया थाना वडा नं १२ घर भई फुङलिङ नगरपालिका वडा नं ५ शिवालय मन्दिर नजिक बस्ने २३ बर्षिय अमिर हम्जा अन्सारी,फुङलिङ नगरपालिका वडा नं ५ का २० बर्षिय जगत श्रेष्ठ र वडा नं ७ का २३ बर्षिय अनुप गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न ताप्लेजुङ जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान सुरु गरिएको छ।

उनीहरुको शरीर तथा कोठाको खानतलासी गर्दा कालो रंगको प्लाष्टिकमा ४ वटा पोकामा ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लिसाईलो वस्तुसँगै सेतो कागजको टुक्रामा पोको पारेको अवस्थामा सुन जस्तो देखिने पहेंलो धातुका ५ वटा टुक्रा  तथा नगद २६ हजार ६ सय रुपैयाँ,पर्स,मोवाइल सहितका सामग्री बरामद गरेको समेत प्रहरीले बताएको छ।

प्रकाशित: २८ भाद्र २०८१ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App