१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नक्कली लाइसेन्स प्रकरणका अभियुक्त पाण्डे प्रहरीको आँखा छल्दै फरार

यातायात कार्यालयका कर्मचारी लक्ष्मण पाण्डे प्रहरीको आँखा छल्न सफल भएका छन्।

नक्कली लाइसेन्स प्रकरणमा फरार रहेका अभियुक्त पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले मङ्गलवार बुटवलबाट नियन्त्रणमा लिन खोज्दा प्रहरीको आँखा छलेर भाग्न सफल भए। ‘हिजो हामीले नियन्त्रणमा लिन खोज्दाखोज्दै बुटवलस्थित अख्तियारको कार्यालय परिसरभित्रबाट बाहिर निस्केनन्’, नियन्त्रणमा लिन गएको सिआइबी टोलीका एक सदस्यले भने।

नक्कली लाइसेन्स प्रकरणमा ‘किर्ते’ मुद्दा दायर भएपछि पाण्डे अझै फरार रहेका छन्। नक्कली लाइसेन्स बनाउन गिरोह नै चलाउने मध्येका पाण्डे यातायात कार्यालय बुटवलका तत्कालीन कम्प्युटर अपरेटर हुन्।

सिआईबीले नक्कली लाइसेन्स बनाउन भूमिका खेलेका पाण्डेलाई समेत प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा लिखत सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको दुई महिना बढी भइसकेको छ। उनी यसअघि भारतको लखनउ पुगेको खबर पाएको प्रहरीले निगरानीमा राखेको थियो। उनी नेपाल आएको थाह पाएपछि सिआइबीको टोली पक्राउका लागि पुगेको थियो।

स्याङ्जा बिर्घाकापाण्डे यातायात कार्यालय बुटवलमा करारमा कम्प्युटर अपरेटर पदमा कार्यरत रहँदा नकक्ली लाइसेन्स बनाउन विशेष भूमिका खेलेको सिआईबीको अभियोगपत्रबाट खुलेको छ।

यातायात कार्यालय बुटवल कै तत्कालीन कार्यालय प्रमुख केशव अर्याल, पदमराज आचार्य, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डेलगायत पक्राउ परेपछि लक्ष्मण पाण्डे फरार थिए। अर्याल र आचार्यलगायतलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाइदिए पछि पाण्डे फरार भएका थिए।

प्रकाशित: २६ भाद्र २०८१ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App