१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

आमासँगै ऋषिपञ्चमी नुहाउन गएका दुई बालकको मृत्यु

पर्साको जगरनाथपुर गाउँपालिका-५, मसिहानी टोल नजिकै रहेको गंगोल (सिक्टा) नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मामाघर आएका बेला आमासँग ऋषिपञ्चमी नुहाउन गएका उनीहरूको डुबेर ज्यान गएको हो।

मृत्यु हुनेमा भारतको बेनिया बनकट निवासी वृजेश ठाकुर हजामका १० वर्षीय छोरा गुलसन ठाकुर हजाम र भारतको सिक्टा निवासी अन्जीत पटेलका ८ वर्षीय छोरा अविषेक पटेल रहेका छन्।

दुवै बालक हाल मामाघरमा बस्दै आएका थिए। प्रहरीले दुवै बालकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगंज पुर्‍याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०८१ १९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App