१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पर्सामा ठूलो स्वरमा डिजे बजाउन प्रतिबन्ध, आतिशवाजीमा रोक

जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो स्वरमा डिजे तथा आतिशवाजी नगर्न अनुरोध गरेको छ । प्रहरीले आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्लामा ठूलो स्वरमा डिजे तथा आतिशवाजी नगर्न अनुरोध गरेको हो ।  

जिल्ला सुरक्षा समितिको बैठकले ठूलो स्वरमा डिजे बजाउँदा मानव स्वास्थ्यमा असर पार्ने भन्दै अबको मितिदेखि उच्च स्वरमा नबजाउन आग्रह गरेको हो । गत भदौं २१ गते बसेको सुरक्षा समितिको बैठकले ठुलो स्वरमा डिजे बजाउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।  

प्रहरीले विभिन्न राजनीतिक, धार्मिक–सांस्कृतिक, चाडपर्व, र्याली, जुलुस, सम्मेलन, बैठक जस्ता कार्यक्रममा पनि ठूलो स्वरमा डिजे, स्पीकर नबजाउन सूचना जारी गरेको छ ।

प्रहरी प्रवक्ता दीपक भारतीले जारी गरेको सुचनामा भनिएको छ, ‘यी स्पीकरहरुको स्वरले मानव स्वास्थ्यलाई असर पार्ने काम गरिरहेको छ, त्यसकारण सबैको स्वास्थ्यलाई मध्यनजर गरेर सुरक्षा समितिको बैठकबाट यसलाई रोक लगाउने निर्णय भएको छ । त्यहीअनुसार हामीले सूचना जारी गरेका हौं ।’  

सुचनाको अवज्ञा भएको पाइए कानुन बमोजिम कारबाही हुने प्रहरीले विज्ञप्तिमा भनेको छ ।

प्रकाशित: २३ भाद्र २०८१ १७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App