१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने यात्रु अलपत्र परेका छन्।

राजमार्गको कालीकोट खण्ड अन्तर्गत दुई  ठाउँमा सडक अवरुद्ध भएको हो। एसमोड र गगनेमा आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रहरी नायब उपरीक्षक अर्जुन केसी  बताए।

सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै रोकिएका छन्। गएरातिको वर्षातले गगने खोलाको २० मिटर बाटो समेत लगेको प्रहरी जनाएको छ।पहिरो पन्छाउने प्रयास भइरहेको डीएसपी केसीले बताए। अवरुद्ध सडक खोल्न सडक डिभिजन प्रहरी  टोली परिचालन गरिएको छ।

प्रकाशित: २३ भाद्र २०८१ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App