१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ट्रायल पास गर्नेलाई अबदेखि फोटो र क्यूआर कोडसहित रसिद दिने

सरकारले सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई अब फोटो र क्यूआर कोडसहितको रसिद दिने भएको छ। तत्काल स्मार्ट कार्ड दिन नसक्ने भएपछि सरकारले रसिदमै फोटो आउने गरी कार्ड दिन लागेको हो। 

यस्तै ट्राफिक प्रहरीलाई क्यूआर कोड पढ्ने मेसिन उपलब्ध गराइने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ भएकाले तत्काल समस्या समाधानका लागि नयाँ उपाय अबलम्बन गरिएको बताए।

ट्रायल पास गरेका १५ लाख सेवाग्राहीले अझै स्मार्ट कार्ड पाउन सकेका छैन। यातायात व्यवस्था विभागको मेसिनले अहिले खरिद गरेका नयाँ कार्ड रिड गर्न नसकेपछि नयाँ विकल्प खोजिएको हो। त्यस्तै संघीय सरकारले अत्यावश्यक बाहेक अन्य कार्ड प्रदेशबाटै छाप्न आग्रह समेत गरेको छ।

समस्या समाधानका लागि संघीय सरकारका भौतिकमन्त्री संयोजक रहेको कमिटीसमेत गठन गरिएको छ। बागमती प्रदेश सरकारले कार्ड आफैं छाप्ने बताएपछि अन्य प्रदेशले तयारी गरेको जनाएका छन्। 

प्रकाशित: २३ भाद्र २०८१ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App