२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

दाङ बस दुर्घटना: पट्टा भाँचिएर बस अनियन्त्रित भएको चालकको बयान

बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस केहीबेर अघि दुर्घटनामा परेको हो।

दुर्घटनामा परी दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको मृत्यु भएको हो। मृतक ओली बसका यात्रु र भुषाल बसका सह-चालक रहेको बुझिएको छ।

दुबै जनाको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएपी नारायण डाँगीले जानकारी दिए। दुर्घटनामा परी २७ जना घाइते भएका छन्। प्रवक्ता डाँगीका अनुसार भेरी अस्पतालमा २१ जनाको उपचार भइरहेको छ।

यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जनाको उपचार भइरहेको छ। घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएकोमा डिस्चार्ज भईसकेको डिएसपी डाँगीले बताए।

दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको चालकले प्रारम्भिक रूपमा बयान दिएका छन्।

प्रकाशित: १३ भाद्र २०८१ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App