२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

यस पालिको दसैं दुर्घटनारहित बनाऔं: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन्  । बुधवार दिउँसो गृह मन्त्रालयमा सडक दुर्घटना न्यूनीकरण तथा यात्रुहरूलाई चाड पर्व लक्षित प्रभावकारी सेवा प्रवाहका लागि सरोकारवालासँग छलफल गर्दै गृहमन्त्री लेखकले यस्तो कुरा बताएका हुन  । 

उनले भने, ‘कामको परिभाषा परिवर्तन भएको छ । काम परिणाममा हुने हो । काम हामी सबैले गरिरहेका छौं । तर, लक्षित परिणाम हासिल भएन । यो चिन्ताको विषय हो । दुर्घटना न्यूनीकरण कसरी गर्ने हो रु दिनमा ७ जनाको मृत्यु हुन्छ । दैनिक ४० जना घाइते हुनु भएको छ । यसका पछाडि कहीँ न कहीँ कमजोरी भएको छ ।’

यातायात व्यवसायीलाई दक्ष सवारी चालक राख्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई जिम्मेवारीपूर्वक काम गर्ने निर्देशन दिए । ‘दुर्घटना एकदमै बढ्यो । यो भएन । सडक सुरक्षा परिषद्, सडक विभाग, मन्त्रालय, प्रहरीका साथीलाई भन्न चाहन्छु । आगामी २–३ महिनामा दुर्घटना कम भएको देखिनुपर्छ । मलाई परिणाम चाहिन्छ ।  ,’ उनले भने।

छलफलमा गृहमन्त्री लेखकले घटस्थापना आउन ३५ दिन बाँकी रहेको भन्दै चाड पर्वमा विशेष व्यवस्था मिलाउन निर्देशन दिए । ‘काउन्टर खोल्ने, टिकट वितरण गर्ने र रात्रि बसमा दुई जना चालक राख्नुपर्छ । मापसे र लापसे जाँचमा कडाइ गर्ने काम थाल्नुपर्छ । एक महिना पहिला चाड पर्वको तयारी गर्दा नागरिकलाई राम्रो सेवा दिन सकिन्छ,’ उनले भने । 

सरकार र निजी क्षेत्रका मान्छे बसेर आपसमा समन्वय गरी सेवा प्रवाह प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन छ । ‘आजको २० दिनपछि चाड पर्वका लागि टिकट काट्ने व्यवस्था मिलाउनुहोस् । एक दिनमा कति बस काठमाडौं बाहिर पठाउन सकिन्छ रु कसरी व्यवस्थित गर्न सकिन्छ रु चाड पर्व भरी यो कुरा गर्न जरुरी छ ,’ उनले भने । गृहमन्त्री लेखकले यस पालिको दसैंलाई दुर्घटनारहित बनाउन पनि निर्देशन दिए । ‘सार्वजनिक यातायात सुव्यवस्थित बनाउनुहोस् । यो पालिको दसैंमा दुर्घटनारहित बनाऔं,’ उनले भने । 

छलफलमा सुरक्षा निकायका प्रमुख, सडक विभागका महानिर्देशक, सडक सुरक्षा परिषद्का अध्यक्ष, राष्ट्रिय यातायात व्यवसायी महासंघ लगायतका प्रतिनिधिहरूले सडक दुर्घटना न्यूनीकरण र चाड पर्व लक्षित सेवा प्रवाहबारे राय सुझाव राखेका थिए ।

प्रकाशित: १२ भाद्र २०८१ २०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App