२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

भगवान श्रीकृष्णलाई राशिअनुसार यी सामग्रीले पूजा गर्दा पूरा हुन्छ मनोकामना

भगवान श्रीकृष्णको जन्मदिनको अवसरमा आज जन्माष्टमी पर्व धुमधामका साथ मनाइँदै छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ।

तर, के तपाईंलाई थाहा छ, भगवान कृष्णलाई राशिफल अुनसार कस्तो प्रसाद वा वस्तु अर्पित गर्नु उत्तम हुन्छ भनेर? जानौं :

मेष राशिः मेष राशि भएका व्यक्तिले भगवान कृष्णलाई रातो रङ्गको फूल चढाउनुपर्छ। यसले तपाईंको हरेक काम मङ्गल हुनेछ।

वृष राशिः यो राशि भएका व्यक्तिले भगवान कृष्णलाई पञ्चामृत अर्पण गर्नु उत्तम मानिन्छ। सम्भव भएमा पञ्चामृतले भगवान कृष्णलाई स्नान गराउँदा तपाईंको सम्पूर्ण मनोकामना पूर्ण हुनेछ।

मिथुन राशिः मिथुन राशि भएका व्यक्तिले भगवान कृष्णलाई तुलसीको दल अर्पण गर्नुपर्छ। भगवान कृष्णको चरणमा तुलसीको दल राख्नुपर्छ। यसो गर्नाले तपाईंको मनोकामना पूरा हुनेछ।

ककर्ट राशिः कर्कट राशि भएका व्यक्तिले भगवान कृष्णलाई मक्खन र मिश्रीको भोग लगाउनु उपयुक्त हुन्छ। र, आफ्नो लागि प्रार्थना गर्नुपर्छ।

सिंह राशिः सिंह राशि भएका व्यक्तिले भगवान कृष्णलाई पेडाको भोग लगाउनु उत्तम मानिन्छ। यसले तपाईंको सबै मनोकामना पूरा हुन्छ।

कन्या राशिः कन्या राशि भएका व्यक्तिले पनि तुलसीको दल अर्पण गर्नुपर्छ। यसले तपाईंको मनोकामना पूरा हुन्छ भने तपाईंले तुलसीको दललाई प्रसादको रुपमा ग्रहण गर्नु पर्छ।

तुला राशिः तुला राशि भएका व्यक्तिले भगवान कृष्णलाई पञ्चामृत अपर्ण गर्नुपर्छ र पछि त्यसलाई प्रसादको रुपमा ग्रहण गर्नुपर्छ।  

वृश्चिक राशिः वृश्चिक राशि भएका व्यक्तिले कृष्ण भगवानलाई सुगन्धित फूल अर्पण गर्नुपर्छ। विशेषगरी पहेँलो रंगको फूल उत्तम मानिन्छ।

धनु राशिः धनु राशि भएका व्यक्तिले भगवान कृष्णलाई पहेँलो रंगको फूल चढाएर पूजा गर्नु उत्तम मानिनछ।

मकर राशिः मकर राशि भएका व्यक्तिले भगवान कृष्णको जन्म पश्चात कपूर राखेर आरति गर्नु उत्तम मानिन्छ।

कुम्भ राशिः कुम्भ राशि भएका व्यक्तिले भगवान कृष्णलाई चन्दन अर्पण गर्नुपर्छ। यसले उनको सम्पूर्ण मनोकामना पूरा हुन्छ।

मिन राशिः मिन राशि भएका व्यक्तिले भगवान कृष्णलाई पहेँलो रंगको वस्त्र अर्पण गर्नु उत्तम मानिन्छ।

प्रकाशित: १० भाद्र २०८१ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App