७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

दशगजामा स्थानीयले बाटो खन्न दिएनन्

झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन्।

गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए। 

‘दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ’, उनले भने, ‘मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ।’ यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उनले बताए।

हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको उनले बताए। ‘हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौं’, उनले भने, ‘तर, हामीलाई दिइएको छैन्।’ कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको उनले बताए।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताए। विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको जानकारी उनले जानकारी दिए। -रासस

प्रकाशित: ९ भाद्र २०८१ १०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App