१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

बस्ती डुबानमा परेपछि १० जनालाई स्थानान्तरण

वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीमा रहेका २४ घर डुबानमा परेपछि १० जनालाई सोही स्थानको वडा कार्यालयमा स्थानान्तरण गरिएको छ।

चौबिस घरधुरी डुबान भएको सोही बस्तीका एक सय २६ जनामध्ये १९ घरधुरीका एक सय १६ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेका र पाँच परिवारका १० जनालाई स्थानान्तरण गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

स्थानीय आशिदेवी चौधरी, समली चौधरी, शीतलदेवी चौधरी, शान्ताराम चौधरी, टीकाराम चौधरी, रामजशनी चौधरी, रुनम चौधरी, साहिल चौधरी, सुरनी चौधरी र कोल्ला चौधरीगरी १० जनालाई स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

उक्त स्थानमा बिओपी खोनपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गान्धीपराज स्याङ्ताङको कमाण्डमा ११ जना र इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा सात जनाको टोली खटिएको जनाइएको छ। रासस

प्रकाशित: ६ भाद्र २०८१ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App