२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
समाज

एनसेलमा समस्या: कल लाग्दैन, डेटा चल्दैन

एनसेल भन्छ: समाधानका लागि तदारुकताका साथ काम भइरहेको छ

सोमबार दिउँसो साढे ३ बजेदेखि एनसेलको सेवामा अचानक समस्या देखापरेको छ।

एनसेलको सिम प्रयोगकर्ताहरूले फोन नलाग्ने, डेटा नचल्ने, र टावर नदेखाउने समस्याहरूको सामना गरिरहेका छन्।

यस समस्याप्रति धेरैले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरेका छन्। एनसेलले यो विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै प्राविधिक समस्याका कारण सेवाहरू अवरुद्ध भएको जनाएको छ। तर, समस्या के हो भन्नेबारे स्पष्ट खुलाएकाे छैन्।

एनसेलले समस्या समाधानका लागि तदारुकताका साथ काम भइरहेको र सेवा यथाशीघ्र पुनः सुचारु गरिने बताएको छ।

प्रकाशित: २८ श्रावण २०८१ १६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App