३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

दशगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाई अभियान

कपिलवस्तुको कृष्ण नगर र भारतको बढनी क्षेत्रका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त सरसफाई अभियान चलाएका छन्।

कृष्ण नगर र भारतको बढनी क्षेत्रको बिचमा पर्ने दशगजा क्षेत्रमा फोहरले गर्दा हिँडडुल गर्न समेत समस्या आए पछि त्यहाँ संयुक्त सरसफाई अभियान चलाएको हो । नेपालको सशस्त्र र नेपाल प्रहरी तथा भारतको एसएसपीको संयुक्त टोलीले अभियान संचालन गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपाने, इलाका प्रहरी कार्यालय कृष्ण नगरका प्रहरी निरीक्षक सुरज खत्री , भारतका तर्फबाट असिस्टेन्ट कमान्डर दिनेश कुमार र वडा नम्बर २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अगुवाइमा अभियान संचालन गरिएको थियो ।

कृष्ण नगर नगरपालिकाले सहयोग गरेको सो अभियानमा प्रहरी नायब उपरिक्षक न्यौपानेले दशगजामा असरल्ल रहेको  फोहरले गर्दा दशगजा क्षेत्रमा हिडन समेत समस्या आए पछि त्यहाँ संयुक्त अभियान संचालन गरिएको बताए ।

उनले सबै मिलेर दशगजा क्षेत्रलाई सफा बनाउनु पर्ने बताए ।अभियानमा सङ्घसंस्था, स्थानीय व्यापारी, समाजसेवी, र पत्रकारहरूको समेत सहभागीता थियो । अभियानले सीमा क्षेत्रमा दुवै देशबिचको सहयोग र सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । 

प्रकाशित: २५ श्रावण २०८१ १६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App