४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

युवाहरूलाई निःशुल्क कपाल काट्ने तालिम

चितवनका युवालाई निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरिएको छ। सीप सिकेर स्वदेशमै व्यवसाय गर्न सक्ने बनाउन तालिम सञ्चालन गरिएको हो। भरतपुरको सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ३० युवायुवतीलाई निःशुल्क तालिम सञ्चालन गरेको हो।

सैलुनका सञ्चालक सुलभ सिग्देलका अनुसार तालिममा सहभागी आधाभन्दा बढी महिला छन्। ब्युटीपार्लर सञ्चालन गर्दै आएकाहरुसमेत तालिममा सहभागी छन्। उनीहरुलाई ४५ दिनसम्म सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइने जनाइएको छ।

प्रशिक्षणपश्चात् स्थानीय वडा र पालिकासँग समन्वय गरेर व्यवसाय सञ्चालनमा सहजीकरण गरिने सिग्देलले बताए। आवेदन दिएकाहरुबाट छनोट गरी स्वदेशमै पेसा गर्न चाहनेलाई तालिममा समावेश गरिएको उनको भनाइ छ।

सैलुनका प्रबन्ध निर्देशक सुस्मिता चालिसेले यसअघि यही तालिमका लागि प्रतिव्यक्ति ४० हजार लिईँदै आएको बताए। गत वर्ष पनि ३० जनालाई निःशुल्क तालिम दिइएको उनले जानकारी दिए।

तालिमपश्चात् सहभागीले महिला र पुरुष दुवैको कपाल काट्नेलगायत सैलुन र पार्लरसम्बन्धी काम गर्न सक्ने चालिसेको भनाइ छ। गत वर्ष तालिमका सहभागीमध्ये केहीले आफैँले व्यवसाय सञ्चालन गरेका छन्। केहीले रोजगारी पाएका छन्।

सिग्देलले विदेशबाट फर्किएर यहाँ सैलुन व्यवसाय गर्दै आउनुभएको छ । विदेशका दुःख देखेर युवाहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गर्न निःशुल्क तालिम दिँदै आएको उनको भनाइ छ।

-रासस

प्रकाशित: १७ श्रावण २०८१ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App