४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

एआइजी ज्ञवालीमाथि पदीय दुरुपयोगको आरोपमा छानबिन सुरु

नेपाल प्रहरीका उच्च अधिकारीहरूले राजनीतिक हिमचिम बढाएको र प्रहरी प्रशासनमा रहेका बेला चेनअफ कमाण्ड तोड्दै पदीय दुरुपयोग गरेको आरोप लगाएर एआइजी श्याम ज्ञवालीमाथि छानबिन सुरु गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत ज्ञवालीलाई हटाएर अर्को व्यक्ति पठाउने उदेश्यका साथ छानबिन सुरु गरिएको हो।

‘म माथि सुनियोजित मिडिया आक्रमण हो प्रहरी प्रधानकार्यालयको कुनै कलुषित मनशाय देखिँदैन’, आफूमाथि छानबिन सुरु भएपछि एआइजी ज्ञवालीले भने।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा रहेका ज्ञवालीमाथि आइजीपीको सचिवालयमा एक दर्जनबढी बेनामे उजुरी परेको त्यो उजुरीलाई फस्र्योट गर्नका लागि पनि छानबिन समिति बनाएको प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।

एआईजी ज्ञवालीले पदीय दुरुपयोग गरेको प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईको नेतृत्वमा छानबिन गरेको हो। सुन तस्करी सम्बन्धी छानबिन आयोगले दिएको प्रतिवेदनको आधारमा तत्कालिन गृहमन्त्री रवि लामिछानेले तत्कालिन सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यलाई  हटाएर ज्ञवालीलाई पठाएका थिए।

सुन तस्करीको सफल अनुसन्धान गरेकी बच्रचार्यलाई हटाएको र कारवाही गरेको विषयमा सर्वत्र विरोध भयो। सुन तस्करीको विषयसँग ज्ञावालीको अनुसन्धान नजोडिएको तर चेनअफ कमाण्ड उल्लंघन गरेको, अनुसन्धानमा बद्नीयत राखेको र सेञ्चुरी बैकको कर्जा हिनामिना प्रकरणमा आरोपीसँग अस्वाभाविक चलखेल गरेको आरोप लगाइएको छ।

‘उहाँको सम्बन्धमा परेको उजुरीलाई प्रहरी प्रधानकार्यालयले छानबिन गरेर चाडै नै गृहमा उजुरी फस्र्योटको रिपोर्ट बुझाउनु पर्ने भएकाले पनि छानबिन सुरु गरिएको हो’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने। प्रहरीका एक अधिकारीका अनुसार राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको आरोप पनि उनीमाथि लागेको छ। यद्यपि उनले को सँग कहिले भेटघाट गरेका थिए भन्ने बारेमा केही खुलाइएको छैन।

प्रकाशित: १६ श्रावण २०८१ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App