४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

उपप्रधानमन्त्री सिंहद्वारा बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन

फाइल तस्बिर

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् ।

बुधबार उनले गुह्येश्वरीस्थित अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा पुगेर काम कारबाहीबारे जानकारी लिएपछि निर्माण गरिएका संरचनाको संरक्षण र प्रयोगमा ध्यान दिन निर्देशन दिएका हुन  । ‘ढल निकासका लागि संरचना त बन्छन् तर प्रयोगमा किन आइरहेका छैनन् ? यसलाई सच्याउनुपर्‍यो । तत्काल गर्न सकिने काम अहिले गरौँ । संरचना निर्माणसँगै त्यसको प्रयोगका विषयमा पनि ध्यान दिनुपर्यो’, उपप्रधानमन्त्री सिंहले भने ।

गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरूको दुरावस्था रहेकाले तिनको  संरक्षण र रेखदेखमा ध्यान दिन समितिलाई निर्देशन दिदै उनले बागमतीमा बार्है महिना पानी बगाउनुपर्नेमा पनि जोड दिए । ‘बागमतीमा बाह्र महिना नै पानी बगाउनेबारे हामीले सोच्नुपर्छ । सम्बन्धित निकायसँग समन्वय गरेर त्यसलाई अघि बढाऔँ । बाधा अड्चन छ भने त्यसलाई हटाउनका लागि मन्त्रालय सहजीकरण गर्न तयार छ’, उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।

बागमतीभन्दा कुरुप भइसकेका नदीलाई विभिन्न देशले सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिदै उनले बागमती नदीको स्वच्छता काम गर्न सरकारले प्रभावकारी योजना ल्याउनेसमेत धारणा राखे।  

प्रकाशित: ९ श्रावण २०८१ २०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App