२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

एक वर्षमा पाथीभरा मन्दिरबाट उठ्यो झण्डै ४ करोड भेटी

आर्थिक वर्ष २०८०/८१ मा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट झण्डै ४ करोड रुपैयाँ भेटी संकलन भएको छ।

चालू आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमको सुझाव संकलन तथा अघिल्लो आवमा भएका गतिविधिहरूको बारेमा जानकारी दिन मङ्गलवार पाथीभरा क्षेत्र विकास समितिले आयोजना गरेको कार्यक्रममार्फत उक्त जानकारी गराइएको हो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को एक आर्थिक वर्षमा ३ करोड ९८ लाख ४१ हजार ९ सय ५८ रुपैयाँ भेटी संकलन भएको छ। आव २०८०/८१ को एक आर्थिक वर्षमा पाथीभरा मन्दिरमा २ लाख ३१ हजार ३ सय ३४ दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए। भेटीपाति, दान, चन्दा, सिक्का सटही,भारु सटही,बैंक ब्याज,मर्मत कोषको आय,धरौटी सहितका रकमलाई क्षेत्र विकास समितिले आन्तरिक आय शीर्षकमा आम्दानी बाँध्ने गरेको छ।

हाङवाङका अनुसार गत आवको अल्या ७ करोड ९३ लाख ८७ हजार ३ सय १५ रुपैयाँ रहेको थियो। आव २०८०/८१ मा चालू र पुँजीगत गरी कूल ४ करोड ६७ लाख १९ हजार ८ सय ८७ रुपैयाँ ६४ पैसा खर्च गरी आन्तरिकतर्फ क्षेत्र विकास समितिका बैंक खातामा ८ करोड १३ लाख ७९ हजार ३ सय ६३ रुपैयाँ ७३ पैसा मौज्दात रहेको समेत हाङवाङले जानकारी दिए। गतको अल्या र भेटीपाति सहितको आन्तरिक आय सहित क्षेत्र विकास समितिको आव २०८०/८१ को आन्तरिकतर्फको आव कूल १२ करोड ८० लाख ९९ हजार २ सय ५१ रुपैयाँ ३७ पैसा रहेको थियो।

उता गतको अल्या सहित अनुदानतर्फ(संघीय सरकारले दिने)१ करोड ३९ लाख ३ हजार ११ रुपैयाँ ३९ पैसा रहेकोमा विभिन्न २० वटा शीर्षकमा खर्च भई क्षेत्र विकास समितिको खातामा ५२ लाख ३१ हजार ७ सय ४० रुपैयाँ ९२ पैसा मौज्दात रहेको समितिले जनाएको छ। कार्यकारी निर्देशक हाङवाङका अनुसार अनुदानतर्फ गतको अल्या ५२ लाख ५७ हजार ९८९ रुपैयाँ ९९ पैसा,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त ८५ लाख रुपैयाँ,ब्याजबाट प्राप्त १ लाख ४४ हजार ५ सय १६ रुपैयाँ ४० पैसा र अन्य आय ५ सय ५ रुपैयाँ रहेकोमा चालू र पुँजीगत गरी कूल ८६ लाख ७१ हजार २ सय ७० रुपैयाँ ४७ पैसा खर्च भएको छ।

क्षेत्र विकास समितिले २०८० साल मंसिर १५ गते भएको सर्वपक्षीय अनुगमनका क्रममा अनुगमन टोलीबाट प्राप्त भएका २१ बुँदे मुख्य सुझावलाई गत आवको कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाइएको अधिकांश पूरा भई बाँकी कामलाई चालू आवको कार्यभारको रुपमा ग्रहण गर्ने बताएको छ।

पाथीभरा क्षेत्र विकास समितिका ज्येष्ठ सदस्य शम्भुप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समिति सदस्यहरू तेजबहादुर भट्टराई,चेतराज घिमिरे,पृथ्वीमान पालुङ्वा सहितको उपस्थिति रहेको थियो। ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा जे वर माग्यो त्यही पूरा हुने जनविश्वास रहेको छ। पाथीभरा मन्दिरलाई धेरैले विश्वास र आस्थाको प्रतीक मान्छन्। 

प्रकाशित: ८ श्रावण २०८१ १८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App