४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बङ्गलादेशबाट ५६ जना विद्यार्थी काठमाडौं आइपुगे

बङ्गलादेशबाट करिब ५६ जना विद्यार्थी काठमाडौं आइपुगेका छन्। आइतवार विमान बङ्गलाबाट उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

बङ्गलादेशमा आन्दोलन चर्किदै गए पछि त्यहाँ रहेका झन्डै ३ हजार नेपाली सुरक्षितसाथ नेपाल फर्किने क्रम सुरु भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार ८ सयभन्दा बढी विद्यार्थी नेपालका लागि रवाना भइसकेका छन्। तीमध्ये केही हवाईमार्ग र केही स्थल मार्ग हुँदै नेपाल आउँदै छन्। अन्य पनि आफूलाई पायक पर्नेगरी नेपाल फर्किरहेका छन्।

मन्त्रालयले बङ्गलादेशमा बढ्दै गएको आन्दोलनका कारण त्यहाँ रहेका नेपालीहरूको सकुशल स्वदेश फिर्ताका लागि सरकारले विभिन्न निकायसँग समन्वय गरिरहेको भन्दै भारतीय सीमा हुँदै वा भारत हुँदै नेपाल आउन चाहने विद्यार्थीलाई सहजता प्रदान गरिदिनका लागि दूतावासमार्फत् कुराकानी भइसकेको जनाएको छ।

प्रकाशित: ६ श्रावण २०८१ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App