३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

निरन्तरको वर्षाले १६ सुकुम्वासी बस्ती डुबानमा

लगातारको वर्षापछि त्रियुगा नदीमा बहाव बढेर पानी तटीय क्षेत्रको बस्तीमा पसेको छ । सप्तरीको सप्तकोसी नगरपालिका २ स्थित तटीय क्षेत्रमा रहेको १६ परिवारको सुकुम्वासी बस्ती डुबानमा परेको छ ।

बस्ती डुबान भएपछि १६ सुकुम्वासी परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

उनीहरू तटीय क्षेत्रमा बसोबास गर्ने सुकुम्वासी परिवार हुन डिएसपी न्यौपानेले नागरिकसँग भने, सप्तरीका बाँकी स्थानमा डुबानको खबर छैन ।यता, सप्तरी र सिरहाको सीमा बालन नदीमा जल सतह बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।

‘नदीमा जल सतह निरन्तर बढ्दै छ । लहानस्थित जल मापन केन्द्रमा नदीको बहाव सतर्कता तह आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । खोलाको बहाव बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनु हुनेहरूले मंगलबार दिउँसोसम्म सतर्कता अपनाऔँ,’महाशाखाको सूचनामा उल्लेख छ ।

प्रकाशित: २५ असार २०८१ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App