२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

लगातारको वर्षाले अर्घाखाँचीकाे जनजीवन प्रभावित

पाँच दिनदेखि परिरहेको लगातारको बर्षाले जनजिवन प्रभावित बनेको छ। दैनिक जीवनयापन नै प्रभावित बन्न पुगेको हो। लगातारको वर्षाले सडक अवरुद्ध हुनुका साथै विद्युत, खानेपानीका क्षेत्रमा समेत असर पुर्‍याएको छ। 

जिल्लाको मुख्य सडक गोरुसिंगे–सन्धिखर्क सडकखण्डको हिलेखोल र दहखोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शितगंगा नगरपालिकाको दहखोला र सन्धिखर्क नगरपालिकाको दहखोलामा माथीबाट पहिरो खसेपछी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडक सुचारु गर्ने प्रयत्न भईरहे पनि वर्षा नरोकिएपछि समस्या भएको छ। 

यस्तै,सदरमुकाम सन्धिखर्कबाट गाँउ जाने ग्रामिण सडकहरु पनि अवरुद्ध भएपछि आवत जावतमा समस्या भएको छ। गच्छे–भालुबाङ सडक, सन्धिखर्क–बलकोट–तम्घास सडक, सन्धिखर्क–दुर्गाफाँट–पाल्पा सडक, सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक, सन्धिखर्क–असुरकोट–प्युठान सडकका कतीपय स्थानमा पहिरोले अवरुद्ध गरेको छ,भने कतिपय स्थानमा हिलोले यात्रामा कठिनाई भएको छ।

बुटवल, काठमाण्डौ, दाङ लगायतका ठाउँहरुबाट ग्रामिण भेगमा जाने सवारी पुर्ण रुपमा ठप्प भएका छन्। आवत जावत कष्टकर बनेको भने ग्रामिण भेगमा दुई दिनदेखि बिजुली समेत अवरुद्ध भएको छ। रुख ढल्ने, पोल ढल्ने, तार चुँडिंने लगायतका कारण जिल्लाका कतिपय स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। सदरमुकाम आसपासमा वत्ती आएपनि विद्युत नहुँदा ग्रामिण भेगमा भने निकै समस्या भएको छ।

यस्तै,लगातारको वर्षाले खानेपानीमा क्षति पुर्‍याएको छ। मुहान पुरिने, पाईप बगाउने लगायतका समस्याले पानी नआउँदा दैनिकी प्रभावित बनेको छ। यद्यपी खानेपानी १२ घन्टापछी सुचारु भएको छ। अन्य केही स्थानमा पानी नआउँदा समस्या भएको छ।

लगातार वर्षा भएपछि बालबालिकालाई विद्यालय जानेदेखि पशुचौपायालाई आहारा जुटाउनेसम्म समस्या भएको छ। 

प्रकाशित: २३ असार २०८१ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App