२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सहकारी ठगीमा ११ सय ५० जना प्रतिवादी, ८ सय ५६ जना अझै फरार

सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा ११ सय ५० जना प्रतिवादी रहेको जानकारी दिएको छ।

शुक्रबार समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग जानकारी दिँदै समितिका संयोजक सूर्य थापाले सहकारी ठगीमा ११ सय ५० जना प्रतिवादी रहेको जानकारी  दिएका हुन्।

त्यसमध्ये २९४ जना प्रतिवादी पक्राउ परिसकेको उनले जानकारी दिए। ८५६ जना भने अझै फरार रहेको उनको भनाइ छ। 

शुक्रबार समितिले सहकारीको बचत अपचलनबारे गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख श्याम ज्ञवाली, अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसहितसँग छलफल गरेको थियो।

प्रकाशित: २१ असार २०८१ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App