२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

डडेलधुरा पुगेर माफी माग्दै सागरले भने: ठुला सपना देख्दा साना गल्ती हुनाइछन्

सागर ढकालले डडेलधुरा पुगेर माफी मागेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन)सँगै सुदूरपश्चिम भ्रमणमा रहेका सागरले डडेलधुराको भूमिमा लिइएको तस्बिर फेसबुकमा राख्दै डोटेली भाषामै माफी मागेका हुन्। 

‘डडेलधुराका मान्स(मान्छे)लाई धेरै–धेरै धन्यवाद,’ सागरले लेखेका छन्, ‘तमरो(तपाईँको) १३ हजार ४२ मतले अब यो देश बनाउन लाग्या छ। ठुला सपना धेक्दा(देख्दा) साना–तिना गल्ती हुनाइछन(भइहाल्छन्), माफ गरिदिया(गर्नुहोला)।’ 

उनले अगाडि लेखेका छन्, ‘तमरो माया कइलेइ नभुलुँलो। डडेलधुराबाटी गुल्मी जान लाग्या छु, फेरि छिट्टै भेटौँला।’ (तपाईँको माया कहिल्यै नभुलुँला। डडेलधुराबाट गुल्मी जान लागेको छु। छिट्टै भेटौँला)। 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सागर नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न डडेलधुरा पुगेका थिए। देउवासँग भिडेकै कारण उनले चर्चा कमाएका पनि थिए। स्वतन्त्र उम्मेदवारका रूपमा लडेका सागरले त्यो बेला १३ हजार ४२ मत प्राप्त गरेका थिए। 

अहिले भने उनी आफ्नै गृह जिल्ला गुल्मी–१ मा रास्वपाबाट उम्मेदवार बनेका छन्। 

प्रकाशित: १४ माघ २०८२ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App