१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

श्रीमानले चलाएको मोटरसाइलबाट लडेर श्रीमतीको मृत्यु

कपिलवस्तुको महाराजगन्ज नगरपालिका–३ गनवरिया स्थित सडकमा श्रीमानले चलाएको मोटरसाइकलमा लडेर श्रीमतीको मृत्यु भएको छ।

लु.६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीय किसलावती ठाकुरको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। 

इनारमा डुबेर बालिकाको मृत्यु 

यसैगरी, कपिलवस्तु महाराजगन्ज नगरपालिका–१ पल्टा इनारमा डुबेर एक स्थानीय बालिकाको मृत्यु भएको छ।

राम दास कुर्मीकी छोरी ७ वर्षीया अनिता कुर्मीको सार्वजनिक इनारमा डुबेर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

इनारमा डुबेकी बालिकालाई प्रहरीले बाहिर निकालेको थियो। अचेत बनेकी उनलाई उपचारकालागि कपिलवस्तु अस्पताल लगिएको थियो।

उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १३ असार २०८१ १९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App