२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

ठाकुरद्वारामा देशभरिका वन्यजन्तु विज्ञ जम्मा भए

बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारामा मानव वन्यजन्तुको असमझदारीका कारण निम्तिरहेको द्वन्द्व न्यूनीकरण विषयक गोष्ठी बुधवार देखि सुरु भएको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा आयोजित मानव वन्यजन्तु बिचको असमझदारी रोकथाम तथा उपचारात्मक उपाय सम्बन्धी कार्यशाला गोष्ठीमा विज्ञहरूको जमघट भएको हो।

कार्यक्रममा साना र ठुला वन्यजन्तुका बारेमा विज्ञता हासिल गरेका २५ विज्ञहरूको सहभागिता रहेको छ। पछिल्लो समयमा मानव वन्यजन्तु बिच किन द्वन्द्व बढ्दै गएको हो भन्ने बारेमा बृहत् छलफलपछि न्यूनीकरणको लागि निचोड निस्कने आयोजकले विश्वास लिएको छ।

बाघ,हात्ती, र गैँडा लगायतका वन्यजन्तुका विज्ञहरूले १६ बढी कार्यपत्र प्रस्तुत गर्ने बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार रामले बताए। ‘यस क्षेत्रमा मानव वन्यजन्तु बिच द्वन्द्व छ,’ अधिकृत रामले भने,‘यस कार्यशाला गोष्ठीमा प्रस्तुत हुने कार्यपत्रले मानव वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणमा मद्दत पु¥याउने विश्वास छ।’

 मानव र वन्यजन्तु सहअस्तित्वलाई प्राथमिकता

वन्यजन्तुले आफ्नो बानी व्यवहोरा  परिवर्तन गर्न नसक्ने मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताए । वन्यजन्तुहरूको बानी व्यवहोरा  बुझेर हामी मानवले नै आफ्नो बानी व्यवहार परिवर्तन गर्न जरुरी रहेको नगर प्रमुखले सुनाए ।

विज्ञहरूको जमघटले मानव र वन्यजन्तु बिच सहअस्तित्व कायमको लागि निकालेको निष्कर्षलाई स्थानीय सरकारले आत्मसाथ गर्ने बाँस गढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले बताए।

निकुञ्जको क्षेत्रफल त्यत्ति नै छ तर बाघको संख्या १ सय २५ पुगेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक राम लम्सालले बताए । वन्यजन्तुहरूको लागि उक्त क्षेत्रफल उचित छ छैन अध्ययन हुन जरुरी छ।

यस गोष्ठीमा बृहत् छलफलपछि मानव वन्यजन्तु बिचको सहअस्तित्वको लागि सुझाव संकलन गर्ने र देखिएका नीतिगत समस्या सुधारको लागि पहल हुने राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका वरिष्ठ योजना अधिकृत हरिभद्र आचार्यले बता ।

कुनै पनि एरियालाई संरक्षित क्षेत्र तोक्छौ भने त्यसको दिगो व्यवस्थापन र त्यस संरक्षण क्षेत्र बाहिरका समुदायको दिगो व्यवस्थापन उनीहरूको आय आर्जनसँग जोडिएका विषय वस्तुको व्यवस्थापन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । ‘वर्षौँसम्म संरक्षित एरिया रहेको छ, वन्यजन्तुको संख्या बढिरहेको छ,’प्रजिअ शर्माले भनिन्,‘संख्या बढ्दै जान्छ, संरक्षित एरिया त्यति नै छ ।’ वन्यजन्तुहरू जसको अन्तरसम्बन्धमा बाच्नु पर्ने कुराहरू हुन्छन।

ती कुराहरू लोभ हुँदै गइसकेपछि ती वन्यजन्तुहरू खाना पानीको खोजीमा बाहिर निस्कनु पर्ने हुन्छ। जस कारण जनावरमैत्री विकास गर्न जरुरी रहेको प्रजिअ शर्माले सुनाइन् । वन्यजन्तु बस्तीमा किन निस्कन्छ र किन मानवलाई आक्रमण गर्छ ? सहअस्तित्व कायम गर्न त्यस्ता वन्यजन्तुको व्यवहारको अध्ययन गरेर सोही अनुसार वातावरण बनाए मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण हुने धारणा प्रजिअ शर्माले राखिन्।

मानव वन्यजन्तुको बिचको असमझदारी निम्तिरहेको समस्या यस जमघटले निष्कर्ष निकाल्ने पूर्व वार्डेन रमेश थापाले बिश्वास व्यक्त गरे।‘वन्यजन्तुको  के असमझदारी ,मानिस समझदार नहुँदा समस्या निम्तिरहेको छ,’थापाले भने।

प्रकाशित: १२ असार २०८१ १९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App