१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तीन दिनदेखि बेपत्ता महिला मृत फेला

तीन दिनदेखि बेपत्ता रहेकी दार्चुलाकी एक महिला साेमबार बैतडीमा मृत फेला परेकी छन्।  दार्चुलाको लेकम गाउँपालिका ४ दमसैनाकी २२ वर्षीया हेमन्ती गिरी मृत अवस्थामा फेला परेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

प्रहरी निरीक्षक पाण्डेका अनुसार हेमन्तीको शव बैतडीको दशरथचन्द नगरपालिका-६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा फेला परेको हो। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उनी यहीँ असार ८ गते घरबाट हराएकी थिइन्। मृत भेटिएकी हेमन्ती विवाहित रहेकी खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित: १० असार २०८१ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App