२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

मोरङको बुढीगंगामा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्।

कोशी राजमार्गअन्तर्गत बुढीगंगा गाउँपालिका–१ टंकी चोकमा बुधवार राति पौने १२ बजेतिर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने अन्य ३ जना गम्भीर घाइते भएको मोरङ प्रहरीले जनाएको छ। स्कुटरमा क्षमताभन्दा बढी व्यक्तिहरु सवार थिए।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५६५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४० प २८२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी स्कुटर चालक सुनसरीको कोशी गाउँपालिका–१ का ३५ वर्षीय राजु साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका साहको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा बिहीवार बिहान साढे २ बजेतिर मृत्यु भएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘स्कुटरको पछाडि सवार कोशी–१ का ३६ वर्षीय योगेन्द्र साह र ३० वर्षीय सुरज साह घाइते भएका छन्।

मोटरसाइकल चालक विराटनगर महानगरपालिका–३ का २९ वर्षीय कृष्ण माझी पनि घाइते भएका छन्।’ घाइते भएका तीनैजनाको विराटमै उपचार भइरहेको छ।

दुवै सावरीका चालकले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘प्रारम्भिक अनुसन्धानबाट दुवै सवारीका चालकले मापसे गरेको खुलेको छ। मापसे गरेर राती तीव्र गतिमा सवारी चलाउनुका साथै क्षमताभन्दा बढी सवार रहनु नै दुर्घटनाको मुख्य कारण रहेको छ।’

दुर्घटनामा परेर क्षतिग्रस्त बनेका दुवै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय नेमुवामा राखी घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ असार २०८१ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App