१० असार २०८१ सोमबार
image/svg+xml
समाज

भेरी नदीमा बेपत्ता दुईजनाको खोजी कार्य जारी

भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईजनाको खोजी कार्य जारी रहेको छ।

शनिवार सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टे नजिकबाट पौडी खेल्न नदीमा पसेका कालीकोट घर भएका १९ वर्षीय विनोद केसी र १६ वर्षीय भुपेन्द्र केसी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माले बताए।

उनले शनिबार दिउँसो पौने ४ बजेबाट उनीहरू बेपत्ता भएको र आज गोताखोरसहितको टोलीले खोजी कार्य जारी राखेको पनि बताए।

प्रकाशित: २ असार २०८१ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App