१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

तपाईंको आजको राशिफल

मेष राशिः सामान्य उदर रोग देखिन सक्छ। धार्मिक कार्यमा रुचि बढ्ने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। आर्थिक लाभ हुने दिन छ। यात्रामा फल प्राप्त हुने योग छ। नयाँ कार्य गर्दा बिचार पुर्‍याउनुहोला।

वृष राशिः मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुने छ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई  राम्रो छ। घर परिवारमा प्रेम सद्भाव रहनेछ।

मिथुन राशिः परिवारमा धन आर्जन हुने योग देखिन्छ। भूमि सम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो छ। माया मारिसकेको धन फिर्ता हुनाले मन प्रशन्न रहनेछ। व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला।

कर्कट राशिः इष्ट मित्रसँग वैचारिक मेलको योग रहेको छ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। नविन कार्यसिद्धिमा सामान्य बाधा छ। उन्नति कम हुने दिन देखिन्छ।

सिंह राशिः राजनीतिमा क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक यात्रामा दिन राम्रो छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। बिलासी कार्यमा रुचि नलिनु राम्रो छ। साथीभाइसँगको भेटघाट रमाईलो हुनेछ।

कन्या राशिः सामान्य मतान्तर हुन सक्ने हुँदा, जोगिनु होला। अध्ययनमा राम्रो सदन रहेपनि आर्थिक क्षेत्रमा कम सफलता मिल्नेछ। सामाजिक कार्यमा सम्मान मिल्ने छ। यात्रा गर्दा दिनको सुरु मै गर्नु होला।

तुला राशिः आर्थिक लाभ हुने दिन छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। अग्रजलाई सामान्य रोग देखा पर्न सक्ने छ। अन्यको सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला। व्यापार व्यवसायमा शुभ देखिन्छ।

वृश्चिक राशिः व्यापारमा फल प्राप्त हुने छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। खेलकुदको क्षेत्रमा राम्रो फल प्राप्त हुने योग छ। वाणी सिद्धि हुने योग छ। विद्यार्थीका लागि पढाई राम्रो हुने दिन छ।  

धनु राशिः धार्मिक कार्य गर्नु शुभ छ। नयाँ पद प्राप्त हुने समय छ। स्वदेश यात्राको योग रहेको छ। सामान्य उदर रोग देखिन सक्छ। पराक्रमबाट कार्यसिद्धि हुने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ।

मकर राशिः व्यापार व्यवसायमा विशेष फल प्राप्तिको समय छ। टेक्निकल उद्योगमा लगानी गर्दा राम्रो हुन्छ। सामान्य चर्म रोग देखिन सक्छ। नविन कार्यमा थोरै बाधा आउने छ। स्वजनबाट धन आउने योग छ।

कुम्भ राशिः बिलासी खानपानमा रुचि नगर्नु  वेस हुन्छ। उन्नति प्रगति हुने दिन छ। केही व्यक्तिले सामान्य दुःख दिन सक्ने छन्। अध्यापनमा सफलता मिल्ने योग छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ।

मीन राशिः कृषि व्यवसायमा लगानी गरे कम लाभ मिल्नेछ। बिलासी कार्यमा प्रवेश नगर्नु राम्रो छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। काममा मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु उत्तम हुनेछ।

प्रकाशित: २८ जेष्ठ २०८१ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App