१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

म्याग्दीका ६ पालिकामा आज ११ घण्टा विद्युत अवरूद्ध हुने

म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न ६ पालिकामा शनिबार ११ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार म्याग्दी वितरण केन्द्रको सिंग्मा तातोपानी फिडर, बेनी फिडर, रत्नेचौर फिडर र दाना फिडर अन्तर्गतका क्षेत्रहरूमा आज बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

ती क्षेत्रमा विद्युत मर्मत गर्न विद्युत सट डाउनमा राख्नुपर्ने भएकाले ११ घण्टासम्म विद्युत अवरूद्ध हुने नेपाल प्राधिकरणले जनाएको छ।

बेनी फिडरअन्तर्गत बेनी नगरपालिकाको वडा नम्बर २,७ र ८, जलजला गाउँपालिकाका वडा नम्बरा २ र ३ मा विद्युत सेवा अवरूद्ध हुनेछ। 

रत्नेचौर फिडर अन्तर्गत बेनी नगरपालिकाको वडा नम्बर १ र २, जलजला गाउँपालिकाको वडा नम्बर ७ र ८ मा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै दाना फिडर अन्तर्गत रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकाको वडा नम्बर ९ र १० तथा जलजल गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ का क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०८१ ०७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App