१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

तीन दिनदेखि बेपत्ता बालकको शव फेला

तिला नदीमा पौडी खेल्ने क्रममा मंगलबार दिउँसोदेखि बेपत्ता भएका बालकको शव फेला परेको छ।

सशस्त्र प्रहरी बल सुर्खेतबाट कालीकोट आएको गोताखोर टोलीले ३ दिनदेखि नदीमा बेपत्ता तिलागुफा-७ छाप्रेका १४ वर्षीय हिक्मत बमको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

'गोताखोरको टोलीले बुधबार सुर्खेतबाट आएर बिहीबर बिहान घटनास्थल पुगेर खोजी सुरु गरेको थियो। नदीमा डुबेकै ठाउँमा बालकको शव भेटियो', उनले भने,'गोताखोर नआएको भए पत्ता लगाउनै कठिन हुने रहेछ।'

उनका अनुसार प्रहरीसहित आफन्तले नदीमा शव खोजी गरे पनि नभेटिएपछि सुर्खेतबाट गोताखेर बोलाइएको प्रमुख जिल्ला अधिकारी नेपालीले बताए।

मंगलबार दिउँसो २ बजे तिलागुफा-६ गाल्जे नजिकैको तिला नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका बालक स्थानीय सत्यदेवी मावि जुविथामा कक्षा ८ मा अध्ययनरत थिए। उनका बुबा नरेन्द्र बम छाप्रेबाट तिलागुफा-५ छाप्रे गाउँबाट नगरपालिकाको केन्द्र गाल्जेमा आएर होटल ब्यवसाय गर्थे।

नेपालको गोताखोर टोली, आश्रीत गुल्म कालीकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल के.सी.को कमाण्डमा खटिएको गोताखोर टोलीले तिला नदीको तलाउमा पसी वेपत्ता शव  बाहिर निकाली स्थानीय जनप्रतिनिधिको रोहबरमा निजको आफन्तलाई बुझाएको प्रहरी जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०८१ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App