१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सुर्खेत जीप दुर्घटनाः मृतक चारै जनाको पहिचान खुल्यो

सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।

सुर्खेत–दैलेख खण्डको वीरेन्द्रनगर–१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भइ मृत्यु हुनेमा ३ जना कालीकोट शुभकालिका–३ भर्ताका रहेका छन् भने एकजना दैलेख भैरवी गापा–४ का रहेका प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कालीकोट शुभकालिका–३ भर्ताका ४५ वर्षका तन्त बिक, उनका २१ वर्षका छोरा बिरेन्द्र बिक, २७ वर्षका नमराज बिक रहेका छन्। त्यस्तै दैलेखको भैरवी गाउँपालिका–४ का वर्ष ३४का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

त्यस्तै दुर्घटनामा घाइते भएकाहरु कालीकोट शुभकालिका–३ का नरि बिक र कालीकोट खाँडाचक्र नपा–९ पाखाका नरेन्द्र बिष्ट (चालक) रहेका छन्।

घाइतेहरुको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार जीप बिहीवार बिहान २ बजे दुर्घटना हुँदा सडकबाट ३ सय मिटर तल खसेको थियो।

प्रकाशित: १७ जेष्ठ २०८१ १०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App