१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

कोशी, मधेश र लुम्बिनीमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

आज देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तथा देशका भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८१ जेठ ०९ गते (बुधवार)

दिउँसोः कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः कोशी र मधेस प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भु–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भुभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०८१ जेठ १० गते (बिहीवार)

दिउँसोः देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भु–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ८ जेष्ठ २०८१ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App