१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

मलामी गएकाे गाडी दुर्घटना, १४ जना घाइते

मलामी गएकाे बोलेरो गाडी दुर्घटना भएको छ। दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। 

घाइते मध्ये १३ जनाको अवस्था समान्य रहेको र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

घाइतेहरुको पशुपति चौलागाई अस्पतालमा उपचारका भैइरहेको छ। गम्भीर घाइतेलाई उपचारका काठमाडौँ पठाएको छ।

बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो। घाइतेहरुको पहिचान भने खुलेकाे छैन्। 

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित: २ जेष्ठ २०८१ १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App