१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

सन्दीप लामिछानेकाे मुद्दा हेर्दाहेर्दैमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।  उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि उनको बलात्कारसम्बन्धी मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखेको हो।

क्रिकेटर लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दिपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो।

प्रकाशित: १ जेष्ठ २०८१ १८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App