३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

एमाले जुम्लाको अध्यक्षमा शान्तिलालको प्यानल विजयी

नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महतको प्यानल विजयी भएको छ। अध्यक्ष पदका प्रतिस्पर्धी धिरेन्द्रराज गिरीलाई ५९ मतले पछि पार्दै महत अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचित अध्यक्ष महतले १ सय ९४ मत प्राप्त गर्दा गिरीले १ सय ३५ मत प्राप्त गरे। 

यस्तै, उपाध्यक्षमा १ सय ८७ मत प्राप्त गर्दै प्रेम बहादुर बुढा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी पदम बुढाले १ सय ३८ मत ल्याए।

सचिवमा मान बहादुर रोकाया निर्वाचित भएका छन्। उनले १ सय ७९ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी आदि प्रसाद न्यौपानेले १ सय ४१ मतमा चित्त बुझाए।

उपसचिवमा धन बहादुर बुढाले १ सय ७९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी धर्मेन्द्र रोकायाले १ सय ४१ मत पाए।

यसैगरी, समावेशी उपसचिवमा मेनका रेग्मीले १ सय ७४ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी सुशीला भट्टराईले १ सय ८ मत पाइन्।

जुम्लाका आठ वटा स्थानीय तहबाट ३ सय ४३ जना प्रतिनिधि आएका थिए। ती मध्ये ३ सय ३८ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए।

नवौँ जिल्ला अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ। जिल्ला कमिटीका सदस्यको मतगणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत मीनबहादुर महतले बताए।

प्रकाशित: १९ वैशाख २०८१ २२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App