२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खुलस्त गुनासा र सुझाव राख्दै सेवाग्राही

कार्यालयमा आएका सेवाग्राहीसँग सेवाका बारेमा सुझाव तथा गुनासो सुन्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल। तस्विर: गोविन्द केसी/नागरिक

जिल्ला प्रशासन कार्यालय दैलेखमा हरेक दिन सेवाग्राहीका गुनासा सुन्ने गरिएको छ। हरेक दिन सेवाग्राहीका गुनासा तथा सुझावहरू सुनेर कार्यान्वयनतर्फ गर्ने गरेका हुन्।

पछिल्लो समय सेवाग्राहीहरुले लिएको सेवा प्रभावकारी भएनभएको बुझ्न दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले कार्यालय खुलेको समय हरेक दिन १ बजे सेवाग्राहीसँग बसेर गुनासा सुन्ने गरेका छन्।

सेवाग्राही पनि खुलेर आफ्ना कुराहरू राख्ने गरेका हुन्। दैलेखमा पहिलो पटक प्रमुख जिल्ला अधिकारी सेवाग्राही भएकै ठाउँमा पुगेर सेवाका बारेमा सुझाव संकलन गर्ने गरेपछि सेवामा अझ प्रभावकारी आएको जनाइएको छ।

सेवाग्राही भएकै ठाउँमा पुगेर गुनासो सुन्ने, कर्मचारीहरूले गरेको व्यवहार कस्तो लाग्यो बुझ्ने र केही समस्या भए तत्काल फाँटका कर्मचारीलाई समाधान समेत भइरहेको दैलेख प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए। ‘सेवाग्राहीसंगको छलफलले सेवामा प्रभावकारी भएनभएको थाहा हुन्छ र, नभए तत्काल सुधार गर्न सहज भएको छ।’

दैलेखका प्रमुख जिल्ला अधिकारी भुसालले भने, दैनिक रूपमा भइरहेको नागरिकसँगको सम्वाद प्रभावकारी देखियो। जसले गर्दा नागरिकको सरकारप्रतिको धारणा निकै सकारात्मक हुँदो रहेछ।’

जे विषयमा नागरिकबाट सुझाव तथा गुनासा आउँछ तत्काल सुधारका लागि सम्वन्धीत फाँटबाट हुने ब्यवस्था समेत गरेको छु। प्रमुख जिल्ला अधिकारीसँग बोल्न समेत नसक्ने सेवाग्राहीहरू हिजोआज आफ्ना कुराहरू राख्ने वातावरण हुनु निकै राम्रो कुरा भएको जिल्ला प्रशासन कार्यालय दैलेखका सेवा लिन आएका लालबहादुर थापाले बताए।

 ‘विगतमा सिडिओको शासकजस्तो व्यवहार देखिन्थ्यो।’ सेवाग्राही थापाले भने, जनताको गुनासा सुन्न जनता भएकै ठाउँमा आउने अहिलेका सिडिओ जनताको सेवक जस्तो हुनुहुन्छ।’

दैलेख प्रशासन जस्तै जनताका कुरा सुन्ने प्रमुख हरेक कार्यालयमा भए कति जाती हुने सेवाग्राहीहरू बताउँछन्। सरकार र सरकारले गरेका कामहरूसँग जनतालाई नजिकबाट महशुस गर्न प्रशासकको महत्वपूर्ण भूमिका हुने गर्दछ।

प्रकाशित: ११ वैशाख २०८१ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App