२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

रारा साइकल लेन अलपत्र

रारामा तीन वर्षभित्र १।१ किलोमिटर साइकल लेन निर्माण गर्ने काम अलपत्र परेको छ। प्रदेश सरकारले चार वर्षअघि डीपीआर तयार गरी आर्थिक वर्ष २०७७–७८ मा दुई करोड ७३ लाख रुपैयाँमा सम्झौता भएर काम सुरु गरिए पनि सम्पन्न नहुँदा अलपत्र परेको हो। निर्माणको जिम्मा पाएको सङ्करमाली कन्स्ट्रक्सनका प्रमुख दानबहादुर कार्कीले ३५ लाख पेश्की लिएर फरार भएका छन्।

पहिला ६ महिनाको मात्र ठेक्का भएकाले कामै नगरी समस्या भएको बताइएको छ। पछि निर्माण व्यवासायीको १३औं संशोधनले म्याद थप भएकाले यो वर्ष काम सुरु गने बताइएको छ। बहुवर्षीय ठेक्का नहुँदा कम्पनीलाई समस्या भएको वन कार्यालयले जनाएको छ।

सौन्दर्य मेटाउन खोजेको भन्दै स्थानीयले बेलाबेला अवरोधसमेत गरेका छन् । रारा राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्जभित्र गत वर्षसम्म साइकल लेनको एक किलोमिटर काम भएको देखिन्छ । अहिले पनि गत वर्ष निर्माणको जिम्मा लिएको कम्पनीले ब्लकहरू बाटोमा यत्रतत्र छरेको स्थानीयको गुनासो छ।

प्रदेश सरकारको उद्योग, वन तथा वातावरण मन्त्रालयका रारा साइकल लेनका विषयमा धेरै गुनासो आएको जनाएको छ। प्रदेश सरकारले अधिकांश टुक्रे योजनालाई प्राथमिकता दिँदा ठूला योजना अलपत्र पर्ने गरेका छन्।

प्रकाशित: १० वैशाख २०८१ १६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App