२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

भरतपुरको वायु प्रदूषण २८१ एक्यूआई, काठमाडौँ फेरि बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर

काठमाडौँ फेरि विश्वकै सबैभन्दा धेरै वायु प्रदूषित सहर बनेको छ। वायु प्रदूषणको स्तर मापन गर्ने आईक्यू एयरका अनुसार अघि बिहान १०ः ३० बजे काठमाडौँको वायु प्रदूषणको स्तर १८२ मापन गरिएको छ। अर्थात् आइतवारको तुलनामा आज काठमाडौँको वायु प्रदूषण फेरि बढेको छ। प्रदूषणको स्तर बढेसँगै काठमाडौँ फेरि विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ।

काठमाडौँ पछि १६४ एक्यूआईका साथ चीनको बेइजिङ दोस्रो, १५८ एक्यूआईका साथ भारतको कोलकोत्ता तेस्रो स्थानमा रहेको छ।

नेपालको सन्दर्भमा काठमाडौँ बाहेक भरतपुरको वायु प्रदूषण सबैभन्दा धेरै २८१ मापन गरिएको छ। आईक्यू एयरका अनुसार भतरपुर आसपासका क्षेत्रमा बिहान १०ः ३० बजे आईक्यू एयर मापन गर्दा २८१ देखाएको हो। यस्तै मेघौलीको वायु प्रदूषको स्तर २०१ मपन गरिएको छ।

नेपालका अधिकांश स्थानमा डढेलो र आगलागी भइरहेको तथा छिमेकी भारतका पनि विभिन्न स्थानमा डढेलो लागेका कारण पश्चिमी वायुको प्रभावले वायु प्रदूषणको स्तर बढी देखिएको छ।

बिहान १०ः३० बजे नेपालको भरतपुर, काठमाडौँको विभिन्न स्थान, पोखरा लगायतको वायु प्रदूषणको स्तर १५० देखि २ सयसम्म मापन गरिएको छ।

पछिल्लो केही दिनदेखिको वायु प्रदूषणले मानव मानव स्वास्थ्यमा नराम्रो प्रभाव पारेको छ।

प्रकाशित: १० वैशाख २०८१ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App