२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

करणी आरोपीत वडा अध्यक्ष कारागार चलान

बाँसगढी नगरपालिका–४ का वडा अध्यक्ष कृष्ण प्रसाद बास्तोला जबरजस्ती करणीको आरोपमा पूर्पक्षका लागि कारागार चलान भएका छन्।

जबरजस्ती करणी मुद्दाका आरोपी बास्तोलालाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाएको हो। न्यायाधीश कमल प्रसाद ज्ञवालीको एकल इजलासले बास्तोलालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

प्रहरीमा बास्तोलाविरुद्ध करणीको उजुरी दर्ता भएपछि प्रहरीले उनको खोजी कार्य सुरु गरेको थियो। प्रहरीको खोजी सूचिमा रहेका बास्तोलालाई इलाका प्रहरी कार्यालय मोतीपुरको टोलीले घरमा बसिरहेको अवस्थामा चैत ८ गते बेलुका नियन्त्रणमा लिएको थियो।

प्रहरीले जबरजस्ती करणीका आरोपित बास्तोलालाई २५ दिन सम्म हिरासतमा लिएर अनुसन्धान गर्न सक्ने ऐनमा व्यवस्था छ। प्रहरीले पटक पटक अदालतको आदेशमा म्याद थप गरेर वैशाख २ गते जिल्ला अदालतमा पेश गरेको थियो।

आरोपी बास्तोलाले प्रहरी र अदालतसमक्ष जबरजस्ती करणीको आरोप स्वीकार गरेका छैनन्।पीडितले अदालत उपस्थित भई बक पत्रमा अध्यक्ष बास्तोलाले करणी गरेको बयान दिएकी छन्।

यता अध्यक्ष बास्तोलाले भने आरोप अस्वीकार गर्दै हेलमेट लुकाई दिएकाले सोध खोज गर्ने क्रममा आफू माथि गलत आरोप लगाइएको इन्कारी बयान दिएका छन्।

बास्तोलालाई दुई पटक सम्म जुवा मुद्दामा अदालतले जरिवाना गरिसकेको छ। पाँच वर्ष अघि अदालतले दुई पटकमा दुई÷दुई सय गरी चार सय रुपैयाँ जरिवाना गरिसकेको हो।

प्रकाशित: ६ वैशाख २०८१ २१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App