१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अत्याधुनिक बसपार्क सुधार गर्न अल्टिमेट

नेपालगञ्जको ‘अत्याधुनिक’ बसपार्क पछिल्लो समय निकै अस्तव्यस्त बनेको छ। नेपालगञ्ज उपमहानगरपालिकाले ठेक्कामा सञ्चालन गरेको उक्त बसपार्क पछिल्लो समय अस्तव्यस्त बन्दै गएको हो। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का अगुवा तथा व्यवसायीले बसपार्क क्षेत्रमा देखिएको विभिन्न खालका बेथितीलाई सुधार गर्न अल्टिमेटम दिएका छन्।

यातायात व्यवसायीको लापरबाही, प्रहरी प्रशासनको घुसखोरीपन, स्थानीय सरकार र बाँके प्रशासनको अनुगमन तथा नियमन फितलो भएका कारण कुनै अमुख व्यक्ति÷समुहले वाटरपार्क जग्गाको बाटोमा समानान्तर बसपार्क निर्माण गरी लाभ लिईरहेको यहाँका व्यवसायीको गुनासो छ। यसबारे ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र नेपालगन्ज उपमहानगरपालिका ‘बेखबर’ रहेको कुरा आभास भएको उनीहरु बताउँछन्।

आफुहरुको मागप्रति बेवास्ता गरेको पाइएमा त्यसका विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। प्रभावकारी रुपले बसपार्क ब्यवस्थापन गर्नुपर्ने माग गर्दै स्थानीय अगुवा तथा ब्यवसायीका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई ज्ञापन पत्र बुझाइएको छ।

नेपालगन्ज–४ का वडाअध्यक्ष गोपाल पुन, नेकपा माओवादी केन्द्रका नेता नविन शर्मा, स्थानीय अगुवा शेरबहादुर रेउले, ताराबहादुर खत्री लगायतले हस्तान्तरण गरे।

बसपार्कको उचित ब्यवस्थापन, कानुनी प्रक्रिया पुरा गरेका व्यवसायीको संरक्षण लगायत विषयमा तत्काल एक्सन लिन नगर प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रमार्फत आग्रह गरिएको छ।

नेपालगञ्जबाट सञ्चालित लामो तथा छोटो दुरीका सम्पूर्ण समितिद्धारा सञ्चालित सार्वजनिक यातायातका सम्पूर्ण साधनहरु बसपार्कबाट नै छुट्ने र त्यही आउने कार्यलाई प्रभावकारी बनाउनुपर्ने, जहाँ पायो त्यहीँ यात्रु चढाउने र ओराल्ने काम पूर्ण तया बन्द गर्नुपर्ने उनीहरुको माग छ।

आर्थिक दुरासय राखी अबैधानिक रुपमा वाटरपार्कको गेटमा सञ्चालित समानान्तर बसपार्क ३ दिनभित्र तुरुन्त हटाउनुपर्ने र उक्त कार्यमा संलग्न ब्यक्ति समुहलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने, भारतका विभिन्न शहर जाने र आउने गाडीका यात्रुलाई बसपार्कमा आउन नदिई होटल ब्यवसायीले दादागिरी शैलीमा गाडीलाई आफ्नो होटल अगाडी रोक्न लगाउने र यात्रु ओराल्ने काम भइरहेकाले सो कार्यको अनुगमन गरी बसपार्क नपुगी कुनै पनि यात्रु नओराल्ने र त्यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कारबाही गर्नुपर्ने, भारत सरकारबाट सञ्चालित गाडीलाई यही बसपार्कबाट छुट्ने ब्यवस्था मिलाउनुपर्ने माग छ।

यस्तै विभिन्न टुर्स एण्ड टाभल्सका नाममा होटल होटलमा बोर्ड राखी यात्रुलाई ठग्ने, अलपत्र पार्ने र यातायात व्यवसायीलाई अब्यवस्थित, अमर्यादित साथै ट्राफिक ब्यवस्थापनमा चुनौती हुने खालका गतिविधि गरेको पाइएकोले सो विषयमा संयुक्त रुपमा अनुगमन गरी प्रचलित कानुन अनुरुप गराउनुपर्ने, नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम दर्ता नगरी सञ्चालन गरेका ब्यवसायीलाई नेपालगञ्ज उद्योग वाणिज्य संघ समेत सँगको सहकार्यमा वडा र टोलमा दर्ता तथा नविकरण शिविर गरेर दर्ता र नविकरण अनिवार्य गराउनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

सडक पेटिका र पुरै शरीरमा झुण्ड्याएर होटल होटलमा गएर गरिने व्यापार पूर्ण बन्द र त्यस्ता कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याई कारबाही गरिनुपर्ने, बसपार्क र बाईपास क्षेत्रमा सञ्चालित केही होटल तथा रेष्टुरेन्टमा लागु पदार्थ बिक्री वितरण, प्रयोग गरी गराई युवतीको यौन शोषण गर्ने गरेको सुन्नमा आएकोले शिघ्र अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गरेका छन्।

हालका दिनमा बाईपास रोड, न्यूरोड, वाटरपार्क र कारकाँदो चोक वरिपरी चोरीका घटना बढिरहेकोले नियमित प्रहरी गस्ती गर्ने व्यवस्था मिलाउनुपर्ने, व्यापार मेला र महोत्सव आयोजना गर्ने भन्दै स्थानीय संस्थाको नाम भजाएर भारतीयलाई ठेक्का दिने र स्वदेशको ठुलो धनराशी भारत पठाउने खेल तुरुन्त रोक्नुपर्ने, यस्ता खालका मेला आयोजना गर्न स्वीकृती दिन नहुने र नगरका सबै सडकमा सडक बत्ती र सिसीटिभी जडान गरी नियमित मर्मत सम्भार गर्ने व्यवस्था मिलाउनुका साथै बसपार्क सरसफाईको प्रवन्ध मिलाउनुपर्ने माग गरिएको छ।

प्रकाशित: २७ चैत्र २०८० १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App