१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गीत गाउने स्पिकर खोसिएका दृष्टिबिहीन काठमाडौँ महानगरविरुद्ध आन्दोलनमा

गीत गाउने स्पिकर काठमाडौँ महानगरपालिकाका प्रहरीले खोसेपछि दृष्टिबिहीनहरु आन्दोलनमा उत्रेका छन्।

उनीहरुले आफूहरुलाई काम गरी खान नदिएको भन्दै  आन्दोलन सुरु गरेका हुन्।

सोमवार उनीहरुले काठमाडौ महानगरपालिकादेखि भृकुटी मण्डपसम्म विरोध प्रदर्शन गरेका छन्।

उनीहरुले दृष्टिबिहीनको जीविकाको आधार गीत गाउने पेसा भएकोले स्पिकरसहित गाउन पाउनु पर्ने माग राखेका छन्।

दुई साता अघि स्वयम्भूमा गीत गाइरहेका दुईजना दृष्टिबिहीनको स्पिकर महानगर प्रहरीले खोसेको थियो।

यसअघि विभिन्न ठाउँवाट स्पिकर खोसेपनि फिर्ता दिने गरेकोमा यसपटक महानगरले फिर्ता नदिएको उनीहरुको गुनासो छ। सरकारले दिने मासिक २ हजार भत्ताले दृष्टिबिहीनको गुजारा नचल्ने भएकोले कि सरकारले उनीहरुको जीविका चल्ने गरी रोजगारी दिनु पर्‍यो र उचित व्यवस्थापन गर्नुपर्ने अन्यथा गीत गाउन दिनुपर्ने उनीहरुको भनाइ छ।

प्रकाशित: १९ चैत्र २०८० ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App