१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इटहरीमा खोला मिचेर बनाएका संरचना भत्काउन सुरु

टेङ्ग्राखोला मिचेर बनाएका संरचना भत्काउँदै। तस्बिर: नागरिक

इटहरी उपमहानगरपालिकाले खाेला मिचेर बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ। उपमहानगरपालिकाले खोला मिचेर बनाइएका भौतिक संरचनाहरू भत्काउन सुरु गरेको हो।

उपमहानगरपालिकाले टेङ्ग्राखोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जनाए। खोलाको क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न भौतिक संरचना भत्काउन थालिएको हो। मेयर पौडेलले पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि उपमहानगर आफैले भत्काउन सुरु गरेको बताए।

टेङ्ग्राखोला, खेतीखोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनका आधारमा संरचना हटाउन सुरु गरिएको हो।

टेङ्ग्राले २०४४–०४५ सालताका वडा नं. २ र ३ का पूर्व र पश्चिम दुवै मानव बस्तीमा प्रवेश गर्दा बस्ती पुरै डुबाउँथ्यो। २०४४ सालतिर टेङ्ग्राले वडा नं. २ र ३ का बस्तीमा विनास गरेको थियो। टेङ्ग्राले २०५० सालमा अहिलेको इटहरी बजार डुबाएको थियो।

पछिल्लो समय इटहरी बजारभन्दा दक्षिणतर्फ खोला साँघुरो हुदैं गएकाले गर्दा त्यस खोलाको पानीओभरफ्लो हुँदा बजारसँगै बजारभन्दा दक्षिण क्षेत्रमा बर्षेनी विनास गर्ने गर्छ।

इटहरी वडा नं. ३ बाट उत्पत्ति सुरु भएको टेङ्ग्रालाई पछिल्लो समय चारैतिरबाट अतिक्रमण गरी साँघुरो हुँदा इटहरीका थुप्रै बस्ती उच्च जोखिममा छन्। इटहरी बजार विस्तार भएसँगै जग्गा महँगो भएपछि खोला आसपासका थुप्रैले जग्गा मिच्ने क्रम बढेर साँघुरो हुँदा ठूलो विनासलीला मच्चाउने खतरा छ।

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठूलो पानी पर्दा त इटहरीमा भयावह स्थिति सिर्जना हुने खतरा रहन्छ।

इटहरी उपमहानगरपालिकाभित्र २० वटा वडा रहेका छन्। तीमध्ये बाढीबाट प्रभावित पर्ने इटहरीका विशेष गरी ३, ४, ९, १०, ११ र  १२ नम्बर वडा छन्। २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो। २०७८ सालको कार्तिकमा आएको वेमौसमी वर्षका कारण ४ जनाको मृत्यु भएको थियो। अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो।

इटहरीमा २०७४ र २०७८ कात्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्राखोलाको सतहपुरि दिएको थियो। 

त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुबानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुटसम्म जमिनपाङे माटोले पुरेको थियो। विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन। तर, त्यस दिन इटहरीका मानव बस्तीमा बाढी प्रवेश गरेको थियो।

प्रकाशित: १३ चैत्र २०८० १८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App