१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अब ब्राले गर्छ क्यान्सर पहिचान

यस्ताे पनि!

ससाना मेडिकल डिभाइस हिजोआज सबैको चासोको क्षेत्रमा पर्ने गरेको छ। यस्ता डिभाइस दूरदराजका इलाकामा बोक्न सजिलो हुने भएकाले मात्र होइन, सर्वसाधारणको स्वास्थ्यका लागि कम खर्चमै जानकारी दिने भएकाले धेरै मेडिकल कम्पनीहरूले यस्ता परियोजनामा लगानी गर्ने गरेका छन्।

पछिल्लो उदाहरण भने महिलाहरूले लगाउने ब्रामा राखिने एक विशेष किसिमको उपकरणको सम्भावना बढेर गएको छ। यो उपकरणले स्तन क्यान्सरको चियो गर्ने भएको छ। शोधकर्ताहरूले यस्तो उपकरण बनाएका छन्, त्यो उपकरण ब्रामा लगाउँदा त्यसले महिलाको स्तनमा हुने ट्युमरका गतिविधिहरू नियाल्ने बताएका छन्।

नटिङ्घम ट्रेन्ट युनिभर्सिटीस्थित मेडिकल टेक्नोलोजीज् इनोभेसन फ्यासिलिटीले यस्तो उपकरण बनाइरहेको छ। यदि यसलाई नियामक संस्थाले प्रयोग गर्न अनुमति दिएको खण्डमा महिलाहरूको स्तनमा हुने ससाना परिवर्तन पनि यसले पत्ता लगाउने छ। ट्युमरका तन्तुहरू सुख्खा र अन्य तन्तुभन्दा भारी हुन्छन्। सामान्य तन्तुमा पानीको मात्रा बढी हुन्छ। स्तनमा तन्तु बढे वा नबढेको यो उपकरणले पहिल्यै चाल पाउँछ। खासगरी दुई मिलिमिटरभन्दा बढी मासु थुप्रिन थाल्यो भने यसले पत्ता लगाउँछ।

बेलायतमा हरेक वर्ष स्तन क्यान्सरका कारण ११ हजारभन्दा बढीको मृत्यु हुने गर्छ। यस्तै ५६ हजार क्यान्सरका नयाँ रोगीहरू पत्ता लाग्ने गरेका छन्। तीमध्ये २३ प्रतिशत रोग निको हुने किसिमका हुन्छन् तर समयमै यसका बारेमा पत्ता लगाउन नसक्दा अवस्था गम्भीर हुने गरेको छ।

विज्ञहरूका अनुसार स्तन क्यान्सर ६ महिनामा एक मिलिमिटर बढ्छ तर ६ हप्ताभित्रै दुई मिमि बढिसक्छ। यति तीव्रताका साथ बढ्ने ट्युमरबारे घरैमा ख्याल राख्न सकिएको खण्डमा अस्पताल आउँदा गुणस्तरीय जाँच हुन्छ। शोधकर्ताहरूले यो उपकरणले ट्युमरको रेखदेख गर्न सघाउ पु¥याउने बताइएको छ। यो उपकरण अझै पनि परीक्षणका क्रममा रहेकाले धेरैभन्दा धेरै ट्युमरका रोगीमाझ यसको प्रयोग गर्दै डिभाइसमा भएका कमजोरी सच्याउँदै जाँदा कुनै समय यसको सदुपयोग तीव्ररूपमा बढाउन सकिने चिकित्सकहरूले बताएका छन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ८ चैत्र २०८० ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App