१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दश महिनामा १८ हजार ५३७ दुर्घटना, १३ सय ३ जनाको मृत्यु

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल भइरहेको सडक दुर्घटनाको डरलाग्दो तथ्य प्रस्तुत गरेका छन्।

उनले मंगलवारको प्रतिनिधिसभा बैठकमा यस्तो तथ्य प्रस्तुत गरेका हुन। पौडेलका अनुसार यो आर्थिक वर्षको माघ महिलासम्म  १८ हजार ५३७ सडक दुर्घटना भएका छन्। यी दुर्घटनामा १३ सय ३ जनाको मृत्यु भएको छ।

उनका अनुसार गत वर्ष मात्र २३ हजार ५७५ सडक दुर्घटना भए। तीनमा २६ सय ६८ जनाको ज्यान गएको पौडेलले बताए। उनले विगत पाँच वर्षमा १४ हजार ९४ जनाको दुर्घटनामा परेर मृत्यु भएको पनि जानकारी दिए।

‘यस्ता दुर्घटनाका प्रमुख कारण के के हुन ? चालकहरूले उपयुक्त तालिम नपाएको हो की ? सवारी साधन थोत्रा हुन वा सडकको अवस्थाले गर्दा हो, यसको अध्ययन हुनुपर्‍यो’, पौडेलले भने।

पछिल्लो पटक बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा हिजो बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भए। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको थियो। यस्तै हिजै पश्चिम दाङमा यात्रुवाहक जिप पल्टिँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको थियो। पछिल्ला केही महिना यता चार वटा ठुला दुर्घटना भएका छन्। रात्रि बसहरू सडकमा खसिरहेका छन्। 

सांसद पौडेलले सोमबार बागलुङमा भएको दुर्घटनाका घाइतेहरूलाई समयमै उद्धार गर्न नसक्दा मानवीय क्षति बढेको पनि बताए। ‘सवा ५ बजे दुर्घटना भएको थियो। हामीले नाइट भिजन हेलिकप्टरका लागि पहल गर्‍र्यो। तर रक्षा र गृह मन्त्रालयले उद्धारका लागि नाइट भिजन हेलिकप्टरको व्यवस्था नभएको जानकारी दिए’, उनले भने, ‘यसले गर्दा पनि मानवीय क्षति बढी भयो। सांसद पौडेलले घटनास्थल नजिकैको बुर्तिबाङ अस्पताललाई समयमै स्तरोन्नति गर्न नसकेका कारणले पनि घाइतेहरूले तत्काल उपचार नपाएको जिकिर गरेका थिए। 

प्रकाशित: ६ चैत्र २०८० १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App